समाज

प्राविधिक शिक्षामा प्राथमिकता दिन प्रधानमन्त्रीको सुझाव

त्रिविका ८३ हजार विद्यार्थी हुँदैछन् पुसमा दीक्षित

त्रिवि सभा
असार २९, २०७३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको आधारस्तम्भ नै शिक्षा भएकाले सरकार शैक्षिक उत्थानका लागि प्रयत्नशील रहेको बताएका छन्।

    त्रिभुवन विश्वविद्यालय सभाको वार्षिक बैठकलाई सम्बोधन गर्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै प्राविधिक शिक्षामा विशेष प्राथमिकता दिन विश्वविद्यालयलाई सुझाव दिए।  

    प्रधानमन्त्री ओलीले प्रभावकारी शिक्षाबिना मुलुकले विकासमा फड्को मार्न नसक्ने र परनिर्भरता पनि नघट्ने हुँदा विश्वविद्यालयले प्रभावकारी शिक्षा दिनेतर्फ ध्यान दिनुपर्ने बताए।

    त्रिविका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले हाल त्रिविले सेमेस्टर प्रणाली लागू गरेको भन्दै त्यसलाई व्यवस्थित र विस्तार गर्ने योजना रहेको समेत जानकारी गराए। उनले हाल बहुविश्वविद्यालयको स्थापना र सञ्चालन भए पनि देशभरका विद्यार्थीको गन्तव्य त्रिवि नै बनेको बताए। ५६ वर्षदेखि स्वदेशी तथा विदेशी विद्यार्थीलाई समेत ज्ञान–विज्ञान तथा प्राविधिक क्षेत्रमा उच्च शिक्षा प्रदान गर्दै आइरहेको जानकारी उनले दिए।

    ८३ हजार दीक्षित हुने 

    त्रिवि सभाले त्रिविको ५४ औँ ग्रेस लिस्ट पारित गरेको छ। जसमा ८३ हजार ४ सय २५ विद्यार्थी परेका छन्। ग्रेस लिस्टमा परेका विद्यार्थीले आगामी पुष महिनामा हुने दीक्षान्त समारोहमा सहभागिता जनाउन पाउने छन्। 

    ग्रेस लिस्टमा २०७२ जेठ १८ देखि २०७३ असार १ गते सम्म अध्ययन गरी विभिन्न तह पास गरेका विद्याथी परेका छन्। दीक्षित हुनेमा अध्ययन सस्थानतर्फ विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ३ हजार ८ सय ७७, इन्जिनियरिङ अध्ययन संस्थानका २ हजार २ सय ८, चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ४ सय ४६, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका २ सय ५८, र वन विज्ञान अध्ययन संस्थानका २ सय १७ विद्यार्थी रहेका छन्। 
    त्यस्तै दिक्षान्तमा संकाय अन्तर्गत  शिक्षाशास्त्र संकायका ३१ हजार ४ सय ८, व्यवस्थापन संकायका २७ हजार २ सय ३७, मानविकी तथा सामाजिकशास्त्र संकायका १५ हजार ९ सय २७ र कानुन संकायका ८ सय ४७ विद्यार्थी सहभागी हुनेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]