राजनीति

एमाले महासचिव पोखरेलको प्रश्नः माओवादी प्रयोग त हुँदै छैन?

असार २९, २०७३

    काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी गर्न नदिने तत्वहरू अहिले संविधान कार्यान्वयन नहोस् भन्नका लागि ज्यान फालेर लागेको दावी गरेका छन्। 

    'नेपाल राष्ट्र र नेपाली जनताको हीत विपरित माओवादीबाट अगाडि बढाउन खोजिएको दुर्भाग्यपूर्ण निर्णय र व्यवहारका कारण मुलुकलाई थप अनिर्णय र अनिश्चिततातर्फ धकेल्ने काम गर्नेछ', पोखरेलले फेसबुकमा लेखेका छन्, 'यस्तो हुनु भनेको मुलुकलाई थप अस्थिरता र अनिश्चिततातर्फ धकेल्नु र स्वाभिमानका साथ यसको शीर उठ्न नदिनु हो।'

    उनले वर्तमान राजनीतिलाई 'नेपाल राष्ट्र र नेपाली जनताको हीत विपरित जघन्य र दुर्भाग्यपूर्ण' भन्दै  माओवादी कसैको इशारामा प्रयोग त हुँदै छैन भन्ने प्रश्न गरेका छन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले  सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि महासचिव पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।

    उनले छिमेकीहरूसित शताब्दियौँदेखि रहँदै आएको असन्तुलित सम्बन्धलाई सन्तुलित बनाउन गरिएका प्रयत्न रोक्न खोजिएको आरोप लगाएका छन्।

    महासचिव पोखरेलको फेसबुक स्ट्याटसः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]