राजनीति

नयाँ सरकार निर्माण बारे छलफलमा जुट्दै प्रचण्ड–देउवा

असार ३०, २०७३

    काठमाडाैँ : बुधबार व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार निर्माणको छलफलमा जुटेका छन्।

    अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै बुधबार दिउँसो संघीय गठबन्धनको बैठकमा पुगेर समर्थन मागेका प्रचण्ड–देउवा बिहीबार पुन: छलफलमा जुट्ने भएका हुन्। स्रोतका अनुसार प्रचण्ड–देउवाले मधेसी मोर्चासहित सरकारमा सहभागी अन्य साना दलसँग परामर्श गर्ने छन्। 

    अविश्वसको प्रस्ताव परिपक्व हुन एक साता लाग्ने भएपछि प्रचण्ड–देउवाले त्यसअघि अन्य राजनैतिक दलसँग समर्थनका लागि आग्रह गर्नुका साथै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताइएको छ। प्रचण्ड र देउवा सचिवालयले भने हालसम्म राजनैतिक भेटघाटको कुनै कार्यक्रम तय भइनसकेको बताएको छ।

    ‘अध्यक्ष ज्यू नयाँ सरकार गठनको छलफलमा जुट्ने कार्यक्रम बनिसकेको छैन, केहीबेरमा कार्यक्रम बनाई सबैसँग आवश्यक परामर्श र छलफलका लागि जुट्ने योजना छ।’, प्रचण्ड सचिवालयका जोखबहादुर महराले भने । 
     

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]