राजनीति

एमाले सचिव योगेशको सुझाव - प्रचण्डलाई कहिले सुनको अण्डा दिने कुखुरी कहिले सैतान नदेखौं

असार ३१, २०७३

    काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हेर्ने अतिवादी प्रवृत्ति रहेको बताएका छन्।

    शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो पार्टीभित्र प्रचण्डलाई कहिले सुनको अण्डा दिने कुखुरीजस्तो र कहिले सैतानजस्तो देख्ने दुवै प्रवृत्ति अतिवाद भएको उल्लेख गरेका छन्। 

    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनमा सघाउँदा प्रचण्डको तारिफ गरिएको र अहिले सरकारबाट समर्थन फिर्ता लिँदा आलोचना गरिएको प्रति उनले टिप्पणी गरेका हुन्। उनले यस्ता अतिवादी प्रवृत्तिबाट सावधान रहन सचेत गराएका छन्।  

    उनले ट्विटरमा लेखेका छन् ' प्रचण्डलाई कुनैबेला सुनको अण्डादिने कुखुरीजस्तो र अर्कोबेला सैतानजस्तो देख्ने दुवै अतिवादबाट सावधान। मार्क्सवादी होऔ, वस्तुवादी पनि होऔ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]