विश्व

भारतमा सुनको सर्ट लगाउने ब्यापारीको हत्या

असार ३१, २०७३

    काठमाडौं : सुनको सर्ट लगाएर गिनिज बुकमा नाम लेखाएका भारतीय व्यापारी दत्तात्रेय फुगेको हत्या भएको छ। जन्मदिनको पार्टीबाट घर फर्किंदै गर्दा शुक्रबार बिहान ३ बजे उनको हत्या भएको भारतीय सन्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।

    सँधै २० जना अंगरक्षक साथमा रहने भएपनि घटना भएका बेला उनी एक्लै रहेको प्रहरीले जनाएको छ। अंगरक्षक नभई बाहिर ननिस्कने फुगे किन एक्लै निस्किएका थिए भन्ने बारेमा खुल्न सकेको छैन। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। गहना व्यापारी फुगे विरुद्ध जालसाजीका थुप्रै उजुरी प्रहरीमा दर्ता भएका छन्।

    फुगेले रकम अपचलन गरेको, धम्क्याएको लगायतका उजुरी गरेका असन्तुष्ट व्यक्तिहरु नै उनको हत्यामा संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ। २ करोड रुपैयाँ पर्ने सुनको सर्ट बनाएर लगाएपछि फुगे चर्चामा आएका थिए। सर्टको डिजाइन बनाउन १६ कालिगढलाई १५ दिन लागेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]