समाज

तुलसीपुरको जंगलमा तस्करले लुकाइराखेका २७ गाईगोरुको उद्धार

पुस ९, २०७७

    दाङ : तुलसीपुरको वन क्षेत्रमा तस्करहरुले जम्मा गरी राखेका २७ वटा गाईगोरुलाई उद्धार गरिएको छ।

    तुलसीपुर उपमहानगरपालिका ८ को मयालु सामुदायिक वनमा बाँधी राखेको अवस्थामा ती गाईगोरु फेला परेको वडाध्यक्ष वेदबहादुर केसीले जानकारी दिए। ‘जंगलभित्र बाँधिएको अवस्थामा थिए, घाँस, दानापानी केही पनि दिइएको थिएन,’ उनले भने,‘ स्थानीयले बाँधिएको अवस्था फेला पारेपछि हामीलाई जानकारी गराएका थिए। लगतै हामी त्यहाँ पुगेका थियौँ। एउटा मोटरसाइकलमा ५ जना मानिस चढी भागे।’

    फेला परेका २७ वटा गाईगोरुलाई बिहीबार नै तुलसी बहुउदेश्यीय गौशाला गोलौरामा हस्तान्तरण गरिएको समेत वडाध्यक्ष केसीले उनले बताए। यसअघि पनि पश्चिम दाङमा गोरु तस्करी भइरहेको जानकारी पाएलगतै ४ वटै नाकामा निगरानी बढाई नेपाल तरुण दलले दर्जन बढी गाई गोरुलाई उद्धार गरेको थियो।

    केही समयदेखि दाङ र देउखुरी उपत्यकामा गाईगोरु तस्करीका घटना बढदै गएका छन्। स्थानीय प्रशासनले भने तस्करीमाथि निगरानी बढाइरहेको दाबी गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]