समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुस १०, २०७७

    उदयपुर : कटारी नगरपालिका–१ बेलसोतको चुरेक्षेत्रमा ट्रकले ठक्करबाट मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ५० वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

    मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ००७४ नम्बरको मोटर साइकल र सोही दिशातर्फ जाँदै गरेको ना ३ ख ४३२१ नम्बरको ट्रकले बिहीबार साँझ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको प्रहरीले बताएको छ। ट्रक चालक सप्तरीको कन्चनरुप नगरपालिका–६ का २६ वर्षीय मोहमद अफरोज र ट्रकलाई नियन्त्रणमा लिएको डिसपी भण्डारीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]