विराटनगर : दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ। राम नवमीको अवसरमा एउटा समूह...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचणड र माधव नेपाल पक्ष नारा जुलुससहित निर्वाचन आयोग जाँदै छ। प्रदर्शनकारीहरूसहित निर्वाचन क्षेत्रमा यो समूह जाने भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
संसद विघटनविरुद्ध आन्दोलन शुरु गरेको छ। प्रचण्ड-नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको हो। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।
प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ। निर्वाचन आयोग पुगेर आफु वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो।
त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।