खेलकुद

कोरोनाले रोकिएको प्रदेश लिग माघ दोस्रो सातादेखि

पुस १०, २०७७

    काठमाडौं : कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाँकी रहेका प्रदेश २, बागमती र सुदूरपश्चिमको प्रदेश लिग आगामी माघमा गर्ने भएको हो।

    लिग कमिटी र संघका प्रदेश पदाधिकारीबीच भएको बैठकले राष्ट्रिय लिगका लागि छनोटको आधार मानिएको प्रदेश लिग माघ दोस्रो सातादेखि सुरु गर्ने निर्णय गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। कोरोना संकटअघि नै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको लिग सम्पन्न भइसकेका छन्।

    एन्फाले यसअघि ‘बी’ डिभिजन फागुन ११ र ‘सी’ डिभिजन लिग चैत १ गतेदेखि गर्ने निर्णय गरिसकेको छ। यसका लागि एन्फाले डब्ल्यूएचओले हेल्थ प्रोटोकलमाथि अन्तरक्रियासमेत गरेको छ।

    लिग खेल्ने खेलाडीहरूको पिसिआर परीक्षण गर्ने र कोभिड संक्रमण देखिएको खण्डमा अस्पतालमा बेड र आइसोलेसनको समेत व्यवस्था गरिदिने भएकाले अब कोभिडका कारण खेल रोक्नुपर्ने अवस्था नहुने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए।

    यद्यपि फिफा, एएफसी, डब्ल्यूएचओलाई सबै मापदण्ड अवलम्बन गर्न गाह्रो हुने भन्दै लिग निर्देशक सञ्जीव मिश्रले गाइडलाइन अनिवार्य नहुने बताए। तर पहिलेभन्दा केही फरक व्यवस्था गरि खेलाडीलाई सुरक्षित तवरले राख्न क्लबहरूलाई समेत भनेको र उनीहरु समेत सकारात्मक रहेकाले अब कोभिडका कारण तयारी र लिग नरोकिने मिश्रको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]