विराटनगर : हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद न...
नेताहरु जता गए पनि कार्यकर्ता एक भएर जाने
म्याग्दी : नेकपा ओली पक्षीय युवाहरुले शुक्रबार बेनीमा शक्ति प्रदर्शन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवाले नेकपाको पार्टी कार्यालय हाडेभीरबाट बेनी बजार परिक्रमा गरी शक्ति प्रदर्शन गरेका हुन्।
नेकपाको झण्डासहित मोटरसाइकलमा बजार परिक्रमा गरेपछि ओली समर्थित युवा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित बृहत् प्रदेशस्तरीय भेलमा सहभागी हुन गएका थिए।
नेकपा म्याग्दीको पार्टी कार्यालय शहीद स्मृति भवन अगाडि जम्मा भएको भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका सचिवालय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख सुरत केसीले अहिले पार्टीमा देखिएको समस्याले ठूला नेताहरु जहाँ गए पनि कार्यकर्ताहरु भने एकै ठाउँमा रहेका बताएका थिए।
उनले फेरि एकपटक कार्यकर्ताहरु एकजुट भएर नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने भन्दै सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान आवश्यक रहेकोमा जोड दिए।
‘नेताको भीड हेरेर मूल्यांकन गर्नु हुँदैन, नेता धेरै भएर केही हुँदैन भन्ने कुरा म्याग्दीमा नै पुष्टि भएको छ‘, केसीले भने। उनले म्याग्दीका सबै स्थानीय तहमा एक साताभित्र पार्टीको गतिविधिलाई तीव्रता दिइने बताए।
भेलालाई सम्बोधन गर्दै सचिवालय सदस्य केसीले भने, ‘नेताले पार्टीलाई तहसनहस बनाए पनि हामी कार्यकर्तालाई जनताबीच जान कुनै समस्या चैन, चुनावमा पहिलो पार्टी बन्ने जनमत हामीसँग अहिले पनि छ।’ पोखरामा आयोजित युवा भेलमा म्याग्दीबाट ३ वटा बस र मोटरसाइकल गरी तीन सयभन्दा सहभागी भएका ओली पक्षका युवाको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दुई पक्षमा विभाजन भएको नेकपा म्याग्दीमा दुवै पक्षले आफूहरु बलियो रहेको दाबी गर्दै आएका छन्। ओलीपक्षीय नेता कार्यकर्ताले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् भने प्रचण्ड र नेपालपक्षीय नेताहरुले आफ्नो पक्ष बलियो रहेको दाबी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।