राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम तय भइसकेको छैन  : परराष्ट्रमन्त्री ज्ञवाली

पुस ११, २०७७

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यक्रम तय नभएको बताएका छन्।

    आगामी जनवरीमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने कुरा भए पनि मिति तय नभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। उनले भने, ‘भारतीय विदेश सचिव आएपछि आउँदो जनवरीमा परराष्ट्रमन्त्री स्तरमा वार्ताका लागि नेपालबाट जाने कुरा भए पनि मिति तय भइसकेको छैन।’

    नेपालमा राजनीतिक संकट भइरहेका बेला प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका भन्ने समाचार प्रकाशित भएका थिए। प्रधानमन्त्रीको भ्रमणबारे आएका समाचार हल्लाका रुपमा लिन पनि मन्त्री ज्ञवालीले प्रष्ट्याए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]