विराटनगर : हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद न...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्ट पार्टीहरुले न्यायपालिकालगायत राज्य संयन्त्रमा भागबण्डा गरेर पार्टी निकट व्यक्तिहरु भर्ती गरेकाले न्याय दुर्लभ भएको बताएका छन्।
अध्यक्ष थापाले शनिबार ट्विट गर्दै २०६३ पछि कांग्रेस र कम्युनिस्ट पार्टीले सबै क्षेत्रमा भाबण्डाका आधारमा आफू निकट व्यक्ति भर्ना गरेकाले न्याय पाउने कुरा दुर्लभ भएको बताएका छन्।
‘२०६३ सालपछि कांग्रेस/कम्युनिस्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’ थापाले लेखेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भूइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला।’
२०६३सालपछि कंग्रेस/कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ।
— Kamal Thapa (@KTnepal) December 26, 2020
अरूलाई ख्वाउन पालेको 🐅बाघले एकदिन आफैलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड/नेपाललाई भएकै होला pic.twitter.com/Y9hrGC8Vv0
यस्तै‚ उनले राप्रपा विभाजनमा प्रचण्डको दबाब र प्रभाव परेका स्मरण गरेका छन्। ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु,’ थापाले ती घटना स्मरण गर्दै ट्वि गरेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसबेला विनासनाखत कानुन विपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस्। मेरो शुभकामना।’
पार्टी वैधानिकताको दाविगर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु।तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो।प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना
— Kamal Thapa (@KTnepal) December 26, 2020
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।