राजनीति

स्वनाम साथीको मृत्युप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

पुस ११, २०७७

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको (दाहाल-नेपाल पक्षका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सल्लाहकार परिषदका सदस्य स्वनाम साथी (शशी शेरचन)को मृत्युप्रति दु:ख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले एक शोक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका हुन्। 

    ‘उहाँको जन्म २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीबाट भएको थियो। संभ्रान्त परिवारमा जन्मेर पनि विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो’ विज्ञप्तिमा भनिएको छ।  

    ‘कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लिग गठन भयो। २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो’ उनले भनेका छन्, ‘कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो। उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन्।’

    कोरोना संक्रमण भएपछि उनलाई असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भर्ना गरिएको थियो। फेरि उनको स्वास्थ्यमा समस्या आएपछि कोठमाडौंस्थित मोडल हस्पिटलको आइसियुमा राखिएको थियो। उनको त्यहीँ प्राण गएको हो। कोरोना संक्रमणमुक्त भए पनि उनमा बारम्बार निमोनियाको समस्या देखिएको थियो। उनका दुवै मिर्गौला फेरिएका थिए।

    बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन्।  म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो। 

    २०३५ सालतिर खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिग खोलेका यिनले पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग पार्टी एकता गरेका थिए। त्यसपछि संग्रौला अलग्गिएका थिए। उनी भने एकता केन्द्र मसाल हुँदै माओवादी केन्द्रमा संगठित भएका थिए। एक आदर्श व्यक्तिका रूपमा परिचित स्वनाम पछिल्लो समय रोगले थलिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]