समाज : सुरक्षा/अपराध

सशस्त्र प्रहरीद्वारा डेडलाख बढीको अवैध बिँडी बरामद

पुस ११, २०७७

    बैतडी : बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो। रातको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्नेबित्तिकै बिँडी छोडेर भागेको बताइएको छ।

    सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिए। बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।

    सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म ३ लाख बढीको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाइसकेको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रूपमा गस्ती गरिरहेको रहेको सशस्त्र प्रहरी निरीक्षक साउँदले जानकारी दिए। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि बिओपीमार्फत पनि गस्ती गरिरहेको हो।

    जिल्लाका तीन ठाउँमा बिओपीमार्फत सशस्त्र प्रहरीले सेवा दिईरहेको सशस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिए। बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा सशस्त्र प्रहरीको बिओपी रहेको छ। बिओपीमार्फत सीमा क्षेत्रमा नियमित गस्ती भइरहेको पनि जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]