धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
माधव र झलनाथलाई अध्यक्ष र राष्ट्रपतिको लोभमा फसाएको आरोप
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले पक्षले पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलाउन चेतावनी दिएका छन्। शनिबार ललितपुर क्षेत्र नं. १ मा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
‘हामीले पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौँ। प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन्’ उनले भने।
प्रचण्ड प्रधानमन्त्रीको भोकले गर्दा सडकमा पुगेको उनले आरोप लगाए। ‘नेकपाले उहाँलाई कारबाही गरेको भोलिपल्ट नै सडकमा पुग्नुभयो’ उनले भने ‘प्रधानमन्त्रीको भोकले सडक छाप प्रधानमन्त्री नै बनायो।’
प्रचण्डले झलनाथ खनाललाई राष्ट्रपति र माधवकुमार नेपाललाई अध्यक्ष पदको लोभ देखाएर फसाएको बताए। ‘माधव र झलनाथलाई पनि अध्यक्ष र राष्ट्रपतिको पद देखाएर फसाउनुभयो’ उनले भने, ‘अब उहाँहरूले सूर्य चिह्नमा आँखा लगाइ राख्नुभएको छ। त्यसमा उहाँहरूको कुनै अधिकार छैन।’
अध्यक्ष दाहाललाई गोलाकारभित्रको हँसिया हथौडा लिएर निर्वाचनमा आउन चुनौती दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।