राजनीति

नेकपाका दुई समूहमध्ये कसले पाउला सूर्य चिह्न ?

पुस ११, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भइसकेको छ। पार्टी विभाजनले अहिलेसम्म औपचारिक मान्यता पाएको छैन। 

    तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षले बेग्लाबेग्लै रूपमा आफ्नो पक्षको बैठक र तल्लो तहसम्म कार्याक्रमसमेत गर्न थालिसकेका छन्। नेताहरूले औपचारिक रूपमा पार्टी विभाजन भइसकेको नस्वीकार गरे पनि राजानीतिक विश्लेषकहरूले नेकपा फुटिसकेको जिकिर गर्छन्। 

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अनौपचारिक विभाजनको चिरा परेपछि दुवै पक्षले आफू वैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन्। तर, निर्वाचन आयोगले दुवै पक्षको कागजपत्र हेरेपछि मात्रै कुन वैधानिक हुने भन्ने टुंगो लाग्ने बताएको छ। ​

    प्रचण्ड पक्षले आफ्नो पक्षको पूर्णरूपले बहुमत रहेको भन्दै नेकपा र सूर्य चिह्‍नमा  ओली पक्षको अधिकार नभएको दाबी गरिरहेका छन्। यद्यपि, प्रधानमन्त्री ओली पक्षले पनि आफू पहिलो अध्यक्षको आधारमा नेकपा र सूर्य चिह्‍न आफ्नो भएको बताइरहेका छन्।

    अध्यक्ष दाहाल पक्षले शुक्रबार ४ सय ४६ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जनाको केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेर आफू नेकपाको वैधानिकता भएको दाबी गरे। अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको नेतृत्वमा प्रदर्शनसहित निर्वाचन आयोग पुगेका थिए। 

    ‘हामीले पार्टी एकता गर्दा ४४१ जनाको केन्द्रीय कमिटी बनाइएको थियो। ४४१ मध्ये हाम्रो केन्द्रीय कमिटीको बैठक सुरु गर्दा ३१५ जनाको समर्थन र उपस्थित थियो। आज निर्वाचन आयोगमा २९५ केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर म आफैँले बुझाएको हुँ केही कमरेडहरू घर गएकोले आउन पाउनुभएन,’ अध्यक्ष दाहालले शुक्रबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘केन्द्रीय कमिटीको दुईतिहाइ बहुमत एकातिर अर्काेतिर ३० प्रतिशत पनि नभएको। नाम, चुनाव चिह्‍न, लोगो दुईतिहाइ वा ७० प्रतिशतले पाउने कुरा स्वत स्पष्ट नै छ।’

    तर, उनले यहाँ संविधानअनुसार उल्लेख बहुमतको कदर नगरी संविधानको असंवैधानिक तरिकाले निर्मम हत्या हुने दुस्साहस भएकाले नीति पालना नहुनेमा शंका रहेको बताए।  

    ‘नेपालमा अहिले जसरी असंवैधानिक र निर्मम तरिकाले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको छ,’ उनले भने, ‘संविधान बनाउने बेलामा धेरै छलफल गरेर संविधान भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई दिँदा देश अस्थिरताको भुमरीमा जाने भएको प्रधानमन्त्रीलाई त्यो विशेषाधिकार दिनु हुँदैन भन्दा केपी शर्मा ओलीको समर्थन थियो। अहिले आफैँले त्यसो गर्नुभयो।’

    यस्तै, अध्यक्ष दाहाल समूहका स्थायी कमिटी सदस्य नेता योगेश भट्टराईले हँसिया हथौडा अंकित झण्डा र सूर्य चिन्ह आफ्नो समूहको भएको दाबी गरेर
    ‘निर्वाचन आयोगले तलमाथि गर्न पाउँदैन, खबरदार,’ उनले शुक्रबार निर्वाचन आयोगको अगाडि भएको कार्यक्रममा भने, ‘यो हँसिया हथौडाका झण्डा, सूर्यको फन्डा हाम्रो हो।’ 

    यता, प्रधानमन्त्री ओलीको पक्षका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा र सूर्य चिह्नमाथि दाबी नगर्न अध्यक्ष प्रचण्ड पक्षलाई चेतावनी दिएका छन्। उनले शनिबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीको लोकप्रियता र सूर्य चिन्हका कारण अत्यधिक बहुमत आएको भन्दै प्रचण्ड पक्षले सूर्य चिह्नका दाबी नगर्न चेतावनी दिएका हुन्। 

    ‘अब उहाँहरुले सूर्य चिह्नमा आँखा लगाइ राख्नुभएको छ। त्यसमा उहाँहरुको कुनै अधिकार छैन’ उनले भने, ‘अध्यक्ष दाहाललाई गोलाकार भित्रको हँसिया हथौडा लिएर निर्वाचनमा आउन चुनौति दिन्छौँ।’ महेश बस्नेत अझ कडा शब्दमा भन्छन्- घरभाडामा बसेर जानेले घरवालाको गोत्र र कुल देवतामा दावि गर्न पाउँदैन ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]