समाज

भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

पुस ११, २०७७

    विराटनगरः मोरङको रंगेली-८ दर्बैसा स्थतिबाट दुई जना भारतीयलाई १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ।

    ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शविरन्जन सिंह रहेका छन। विआर ३८ एन ०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाई प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो।

    नियन्त्रणपश्चात् उनीहरु उपर चेकजाँच गर्दा भारतीय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

    यसरी नक्कली भारतीय रुपैया सहति पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ।

     

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]