राजनीति

प्रधानमन्त्रीको कदमविरुद्ध गुल्मीमा पनि राँके जुलुस निकालियो

पुस ११, २०७७

    गुल्मी : प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी गुल्मीले शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ। 

    केपी शर्मा ओली मुर्दावाद,अधिनायकवाद मुर्दावाद, जनता समाजवादी पार्टी जिन्दावाद भन्दै राँके जुलुस सदरमुकाम तम्घासको बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो।

    कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले प्रधानमन्त्री ओली अधिनायकवादी भएको भन्दै संसद विघटनको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको गैरसंवैधानिक कदमविरुद्धमा सबै दल एक जुट भएर लाग्नुपर्नेमा जिल्ला सचिव जनक पन्तले जोड दिएका थिए। 

    पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नै गुल्मीमा पनि राँके जुलुस निकालिएको जसपा गुल्मीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]