समाज

गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीकाे मृत्यु

पुस १२, २०७७

    काठमाडौं : ट्रकको ठक्करबाट गुल्मीमा दुईजना पैदल यात्रीको ज्यान गएको छ। 

    रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजालि र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए। 

    उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा  ठक्कर दिएको थियो। 

    दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]