समाज

हुलाकी राजमार्ग निर्माणमा ठेकेदारको बदमासी

कल्भर्टमा कमसल इँटा प्रयोग

पुस १२, २०७७

    कपिलवस्तु : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माणका क्रममा लामा गोल्डेन उड शिवशक्ति जेभीले बदमासी गरेको पाइएको छ। कपिलवस्तुमा निर्माण हुँदै आएको राजपुरदेखि दत्तपुर खण्डमा ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेको फेला परेको छ। उक्त खण्डमा निर्माण भइरहेको कल्भर्टमा कमसल इँटा प्रयोग भएको स्थानीयले दाबी गरेका छन्। स्थानीयको सूचनाअनुसार स्थलगत रिपोर्टिङमा पुग्दा राम्रो नपाकेको इँटा लुकाएर प्रयोग गरेको देखिएका थियो।

    हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तुमा ७४ दशमलब ४ किलोमिटर सडक निर्माण भइरहेको छ। उक्त खण्डअन्तर्गत निर्माणको ठेक्का पाएको कम्पनीले १७ किलोमिटरमा काम भइरहेको छ। उक्त खण्डका ४० स्थानमा कल्भर्ट निर्माण गर्ने योजना छ। हालसम्म २३ वटा कल्भर्टको वाल निर्माण भइसकेको छ। तीमध्ये ६ स्थानमा निर्माण हुँदै गरेको कल्भर्टमा कमसल इँटा प्रयोग भएको पाइएको छ।

    बाहिरबाट राम्रा इँटाभित्र कमसल

    कल्भर्ट निर्माण गरेका स्थलमा कमसल खालका इँटा मिसाएर राखेको देखिन्छ। ती कमसल इँटा वालको भित्री भागमा प्रयोग गरिएको छ। कमसल इँटा नदेखाउन छेउछाउमा गुणस्तर इँटाले ढाक्ने गरिएको छ।

    निर्माण गरिएको एक कल्भर्टको केही भाग भत्किएको छ। ठेकेदार कम्पनी लामा गोल्डेनउड शिवशक्ति जेभीका इन्जिनियर उमेश यादवले कामदारका त्रुटिका कारण कमसल इँटा प्रयोग भएको बताए। इँटा भट्टामा राम्रो इँटा हाल्न भने पनि मिसाएर पठाउने गरेको ठेकेदार पक्षको दाबी छ। तर‚ ती कमसल पनि प्रयोग गरिएको छ।

    यस्तै‚ उक्त कम्पनीले सडक सम्माउन बाहिरबाट माटो ल्याएर राख्नुपर्ने इस्टिमेटमा उल्लेख छ। तर सडक छेउछाउका माटो नै तानेर सम्माउने काम गरेको छ। निर्माण स्थलमा भेटिएका एक सुपरभाइजरका अनुसार निर्माण कम्पनीलाई इस्टिमेटमा भएअनुसार काम गर्नभन्दा आलटाल गरेको बताउँछन्।

    इँटा कमसल नभएको दाबी

    हुलाकी सडक आयोजना कार्यालय गोरुसिङ्गेका इन्जिनियर वीरेन्द्र यादवले मिसिनको सहायताले इँटा चेकजाँचपछि मात्र प्रयोग भएको दाबी गरे। 

    ‘प्रति १० घन मिटर (पाँच हजार ५०० थान)मध्ये तीनवटा इँटा नमुनाको रूपमा परीक्षण गरिन्छ। एउटा कल्भर्ट निर्माणका लागि २२ घन मिटर इँटा प्रयोग हुन्छ,’ यादवले भने, ‘नियमअनुसार त्यहाँ ६ इँटा मिसिनमा राखेर जाँच हुन्छ। नमुनाको रूपमा चेकजाँच भएका इँटा गुणस्तर रहेको छ।’

    कार्यालयले दाबी गरे पनि निर्माण भइरहेको साइटमा कमसल इँटा समेत फेला परेका छन्। निर्माणाधीन रहेको १७ किलोमिटर सडक खण्डको कुल लागत ६८ करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]