राजनीति

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाउने मन्त्रिपरिषद्को निर्णय

पुस १२, २०७७

    काठमाडौं : प्रदेश १ सरकारले हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ। 

    आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जनाकारी दिए। 

    मुख्यमन्त्री शेरधन राईले हिजो अर्थमत्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए।  यसैबीच सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन्।

    आजको मन्त्रिपरिषद बैठकमा उनीहरु तीनजना सहभागी भएका थिएनन्। उनीहरु प्रचण्ड–माधव नेपाल पक्षका हुन् । घिमिरेले संसदीय दलको निर्वाचनमा भने राईलाई साथ दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]