डुंगाको माध्यमबाट इङ्लिस च्यानल पार गरेर आउने शरणार्थीलाई रुवाण्डा पठाउने महत्त्वाकांक्षी विधेयक बेलायतको संसदबाट पारित भएको छ । प्र...
काठमाडौं : जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछि यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ।
बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ।
जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो प्रतिबन्ध जनवरी अन्त्यसम्म जारी रहने जापान सरकारले निर्णय गरेको छ। थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया र ताइवान लगायत १० देशका नागरिकहरुमाथि भने प्रतिबन्ध लगाइने छैन्। नेपालीहरुका लागि भने जापान प्रवेशमा रोक लगाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।