समाज

लौ न ! जीवन जोगाइदिनुपर्‍यो

पुस १२, २०७७

    बागलुङ : दिनभर काम नगर्दा परिवारको बिहान बेलुकाको छाक टर्दैनथ्यो। श्रीमान र श्रीमती मिलेर दिनभर कमाएको रकमले खानेकुरा जोहो गरी चार जनाको परिवारको हातमुख जोड्ने बाटो बनाउँथिन्‌ टुल्की। 

    गाउँमा सिजनमा हुने काम र काम नहुँदा गिटी कुट्ने र दाउरा चिर्नेसम्मका काम उनीहरू दुवै मिलेर गर्थे। टुल्कीको घरमा चुल्हो नबलेको दुई साताभन्दा धेरै भयो।

    त्यही चुल्होमा आगो बाल्नका लागि मेहनत गर्ने पर्वतको जलजला गाउँपालिका–७ की चित्रकुमारी दर्जी (टुल्की) र उनका श्रीमान सेतु परियार दुई सातादेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छन्। 

    ज्याला लिएरै परिवार पालेकी टुल्की अहिले अस्पतालको शय्यामा जीवन मरणको दोसाँधमा छन्। उनलाई चिकित्सकले पाठेघरको क्यान्सर भएको भनेका छन्। स–साना दुई भाई छोरा छिमेकीको सहारामा छन्।

    टुल्कीको समस्या पहिलेपनि थियो। उपचार खर्च अभावमा उनी समयमा अस्पताल पुग्नै सकिनन्। आर्थिक अभावमै रुमलिएका सेतुले पनि समयमै टुल्कीलाई अस्पताल पुर्‍याउन सकेनन्‌।

    ​‘जाँच्न पर्छ भन्ने त थाहा थियो. तर उपाय थिएन,’ सेतु भन्छन्, ‘अहिले अस्पतलामा छौं, घर छोराको हातमुख जोर्ने बाटो छैन, उता श्रीमतीको उपचार गर्ने खर्च छैन।’ समय धेरै घर्केकाले टुल्कीको मृगौलामा समेत समस्या रहेको चिकित्सकहरू बताउँछन्। मजदुरी गरेर खाने परिवारमा ठूलो रकम खर्चेर उपचार गर्नुपर्ने अवस्था आएको परियारले गुनासो गरे। 

    ‘मेरो मात्रै त केही चल्दैन, कसैले सहयोग गर्नुभयो भने उपचार होला, नत अचल सम्पत्ति छ नत पैसा’ परियार भन्छन्, ‘उपचार खर्च नपाएरै हामी गरिबलाई मर्नुपर्ने भो।’ दुई साता पहिले अस्पताल पुगेका उनीहरूले घरबाट निस्किने बेला लिएको ऋणले काम चलाएका छन्। आउँदो साता चिकित्सकले उपचारमा लाग्ने खर्चबारे जानकारी गराउँछु भनेका छन्।' लाखौं रुपैयाँ लाग्ने अनुमान चिकित्सकले गरेका आफूहरूले गुहार मागिरहेको परियारले बताए।

    दैनिक ज्याला मजदुर गर्दै जीविकोपर्जन गरेका दर्जी परिवारले आर्थिक समस्या भएको भन्दै उपचारमा आर्थिक सहयोग गर्नको लागि सहयोगको अनुरोध गरेको छ। ३९ वर्षकी टुल्कीको ज्यान बचाउन सक्दो सहयोग गरिदिन स्थानिय युवा विकास गिरीले बताए।

    ‘दु:खले परिवार पालेका थिए, बज्र परेको छ, हामीले दिनसक्ने सानो सहयोगले ज्यान बच्छ भने सहयोग किन नगर्ने?’ गिरीले भने, 'सहयोग अभियान चलाउँछौं, स-साना भाइहरूको मुख हेरेर सहयोग गरिदिन सबैमा अनुरोध छ।’ सहयोग संकलनका लागि युवाहरूले साङ्‌ग्रिला विकास बैंकमा खाता खोलेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]