राजनीति

सरकारको पहिलो प्राथमिकता चुनाव : मन्त्री साह

पुस १२, २०७७

    काठमाडौं : नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन्। 

    आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नव नियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन्।  शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने जनाए।  

    यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने मन्त्री साहको भनाइ छ।  सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको दाबी छ।  उनले भने ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो। मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ। यो वर्षको बजेट आइसकेको छ। निर्धारित कार्यक्रम पनि बनिसकेको छ। त्यसैलाई प्रभावकारी ढंगले अगाडी बढाउने। भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउने। राष्ट्रको अगाडी मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रीत हुन्छौ।'

    मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताए। कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]