काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
कञ्चनपुर : विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विभाजित कार्यकर्ताबीच पार्टी कार्यालयभित्रै झडप भएपछि प्रहरी परिचालन गरिएको छ।
नेकपाको प्रचण्ड-नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठकअघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएका थिए। लगत्तै, दुवै पक्षबीच झडपको अवस्था आएको हो।
प्रचण्ड-नेपाल समूहले ताला खोलेपछि दुवै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो। अहिले पनि दुवै समूहका कार्यकर्ता पार्टी कार्यालय मदन-आश्रित सदनमा रहेका छन्। पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन्।
प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।