राजनीति

कमल थापाको प्रश्‍न : क्रिश्‍चियनको संख्या ४० लाख पुग्दा तपाईंको मन दुख्दैन?

'उत्तर, दक्षिण र पश्चिमको दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार गराैँ'

पुस १२, २०७७

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले २००७ सालमा करिब दुई दर्जन रहेका क्रिश्चियनको संख्या अहिले ४० लाख पुगेकोमा तपाईको मन दुख्दैन? भन्दै प्रश्न गरेका छन्।

    आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लोभ लालच र भ्रम सिर्जना गरेर तथा संगठित रूपमा भइरहेको धर्म परिवर्तनले हाम्रो गौरवशाली सनातन धर्म÷सभ्यतामाथि भइरहेको आक्रमणले असह्य पीडा भएको बताएका छन्।

    ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन, सबै धर्मप्रति मेरो सम्मान छ, उनले भनेका छन्। सनातन धर्म संस्कृतिको रक्षा गर्न आग्रह गर्दै अध्यक्ष थापाले धर्म परिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका उल्लेख गरेका छन्।

    ‘पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षड्यन्त्रका मतियार रहेको भन्दै उनले उनीहरूले नै विदेशीले दिने डलरसँग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका आरोप लगाएका छन्।

    आइतबारै राप्रपा पर्साद्‍वारा वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बो‍धन गर्दै उनले १४ वर्ष अगाडि आमूल परिवर्तन गर्ने भन्दै विभिन्न नारा लगाएर सदियौँदेखि चल्दै आएको हिन्दु राष्ट्र मास्ने काम भएको पनि बताएका थिए। 

    अर्को ट्वीट गर्दै उनले सत्तारूढ नेकपाको विवाद मिलाउन चिनियाँ टोली नेपाल आएकोतर्फ संकेत गर्दै नेपालको घरेलु मामिला र पार्टीहरुको आन्तरिक विषयमा उत्तर, दक्षिण र पश्चिममध्ये जताको भए पनि दबाब, प्रभाव र हस्तक्षेप स्विकार्न नहुनेमा जोड दिएका छन्। ‘दक्षिणको आपत्तिजनक र उत्तरको ठिक भन्ने हुँदैन, उनले आग्रह गरेका छन्, नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता कमजोर पार्ने काम कसैले नगरौं।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]