राजनीति

ओलीले गणतन्त्र कुल्चिए, राष्ट्रपति कमरेड भइन् : अष्टलक्षम्मी शाक्य

पुस १२, २०७७

    काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री कदमप्रति चुपचाप सहेर नबस्ने बताएकी छन्। 

    ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुल्चेर, संविधान मिचेर, सिंगो नेपाली जनतामाथि आगाध पारेर अघि बढाएको प्रतिगमनकारीको खबरदारी गर्ने बताएका छन्।

    आइतबार प्रचण्ड–नेपाल पक्षका नेकपा जिल्ला कमिटी काभ्रेले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज शाक्यले संघीय लोकतन्त्रिक गणतन्त्रलाई जोगाउन र संविधान जोगाउन भए पनि ओलीको कदमविरुद्ध एक भएर लाग्नुपर्ने बताइन्। 

    प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नै नेकपामा विवाद सुरु भएको उनले बताइन्।

    ओलीले ल्याएको दुई अध्यादेश देश जनताको हितमा नभई लोकतान्त्रिक गणतन्त्र सिध्याउने खेल भएको उनको आरोप थियो। सम्पूर्ण अधिकार आफूकेन्द्रित गरेर प्रधानमन्त्री तानाशाह बनेका भन्दै प्रतिगमनकारी भएको र जतिसुकै चलखेल तथा दुस्साहस गरे पनि अब त्यो सफल हुन् नदिने तर्क गरिन्। 

    त्यस्तै कार्यक्रममा विद्यादेवी भण्डरीले कमरेडको भूमिका भूमिका निर्वाह गरेको पनि उनले आरोप लगाइन्। ‘विद्यादेवी भण्डरीलाई राष्ट्रपतिज्यु भन्ने कि राष्ट्रपति कमरेड भन्ने,?' उनले प्रश्न गरिन्।

    कार्यक्रममा बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री ओली कम्युनिष्ट नै नभएको बताए। ओलीकै कारण नेकपाको शिर झुकेको उनको भनाइ थियो।

    आन्दोलनमा सामेल हुनसमेत उनले सबैलाई आह्वान गरे। कार्यक्रममा प्रचण्ड–नेपाल पक्षधरका नेता कार्यकर्ता सहभागी थिए।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]