समाज : सुरक्षा/अपराध

संखुवासभाको चैनपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

पुस १२, २०७७

    संखुवासभा : संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ।

    चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो। तर क्षतिको कुनै विवरण आएको छैन।

    जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको अवस्थामा गस्तीमा रहेको प्रहरीलाई आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो।

    चन्द समूह कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। ती कार्यकर्ताको साथबाट प्रहरीले विस्फोटक सामग्री बरामद गरेको छ। प्रजिअ आचार्यका अनुसार भिडन्तपछि उनीहरु जंगलतिर भागेका छन्।

    उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]