समाज

ट्रयाक्टरबाट खस्दा मृत्यु

पुस १३, २०७७

    कञ्चनपुर : गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक युवाको मृत्यु भएको छ।

    ट्रयाक्टरबाट खसेर बेलौरी नगरपालिका-१०, भुडाका २५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो। बेलौरी-कलुवापुर सडकखण्डको शान्तिपुरमा आइतबार सुपप्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेर राना सख्त घाइते भएका थिए।

    घाइते रानालाई उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिएका छन्‌। 

    मृतक रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। ट्रयाक्टर चालक महेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]