राजनीति

उखु किसान र सरकारबीच आज वार्ता

पुस १३, २०७७

    काठमाडौं : विगत १६ दिनदेखि उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसान र  सरकारबीच आज वार्ता हुँदै छ।

    आज दिउँसो ३ बजे वार्ताका लागि सरकारले बोलाएको सर्लाही किसान आन्दोलन संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए।  ‘आज तीन बजे उद्योग मन्त्रालयमा वार्ता हुँदै छ’, यादवले भने ‘ कुरा मिल्यो भने आजैदेखि आन्दोलन स्थगित गर्छौं।’ 

    चिनी उद्योगीबाट उखु किसानले करिब ९० करोड रुपैयाँ लिन बाँकी छ। सात वर्षदेखिको पैसा उठाउन बाँकी भए पनि सरकार र उद्योगीले पैसा दिनुको साटो झुक्याइरहेको किसानको गुनासो छ।

    यो बीचमा केही उद्योगीले किसानको खातामा केही पैसा हालिदिए पनि त्यो सरकारले तोकेको मूल्यभन्दा कम रहेको किसानको गुनासो छ। सरकार र उद्योगी मिलेर पुनः आफूहरूलाई झुक्याउन खोजेको भन्दै किसानले सबै भुक्तानी नपाउँदासम्म आन्दोलन नरोक्ने अडान दोहोर्‍याएका छन्। 

    आन्दोलन नरोकेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]