स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले दिए राजीनामा

पुस १३, २०७७

    काठमाडौं :  तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् ।

    जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा कार्कीले राजीनामा दिएका हुन् ।

    डा कार्कीले हिजै मन्त्रालय पुगेर पदबाट राजीनामा दिएको बताए। उनले भने ‘ मैले हिजो नै मन्त्रालय पुगेर राजीनामाको पत्र बुझाएको छु।‘ उनको नियुक्ति मन्त्रिपरिषद् बैठकले गरेकोले राजीनामाको स्वीकृतिका लागि समेत मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाउनु पर्ने हुन्छ।

    गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो। त्यसको ९ महिनापछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो।

    मन्त्रालयमा आइतबारबाट नयाँ स्वास्थ्य मन्त्रीको रुपमा हृदयेश त्रिपाठी आएका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]