राजनीति

करोडाैं जनताबाट बनेको संविधान ओलीले सनकको भरमा मिचे : अध्यक्ष प्रचण्ड

ओलीको कदमलाई सर्वोच्चले उल्ट्याइदिने विश्वास

पुस १३, २०७७

    काठमाडाैं : विभाजनउन्मुख नेपाल कम्युनिष्ट पार्टीका एक पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनतामा जान तयार भएर बसेको बताएका छन्। 

    आज जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रम पेरिस डाँडामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

    पहिलाको तीतो अनुभवबाट पाठक सिकेर अहिलेको संविधानमा पहिलाको जस्तो प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर संविधान बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सनकले संविधान मिचिएको उनले बताए।  

    'हामी सडकमा पुगेको हैन, जनताको बीचमा पुगेको हाैं। बैठकमा मेरो कुर्सीलाई लगेर ओलीले अर्कोतिर राख्दिए, मेरो कुर्सी नै भएन। म त गएर लुसुक्क कुनामा बसें। तर मैलै केपीजीलाई धन्यवाद दिएँ। अफ्ठ्यारो त भइरहेको थियो। तर सात जनासँग बस्ने व्यवस्था मिलाइदिनु भो उहाँले। केपीजी तपाईंलाई धन्यवाद,' उनले घुमाउरो शैलीमा प्रधानमन्त्रीप्रति लक्षित गर्दै आफूहरुलाई जनतामा जाने वातावरण ओलीले बनाइदिएको भन्दै धन्यवाद दिए।

    उनले भने‍, 'उहाँ (प्रधानमन्त्री) त कलंकित हुनुभइहाल्यो, हामीले बाजी जितिसक्याैं, उहाँले बाजी हार्नुभो। हामीले चुनाव जित्छाैं, केही दिनको कुरा मात्र हो। हामी ऐतिहासिक जिम्मेवारी पूरा गर्न तयार छाैं। केही साथीहरु लोभमा ओलीको लाइनमा गएका छन्। राजनीतिमा यस्तो हुन्छ। हामीले चिन्ता लिएका छैनाैं। दुई चार दिनपछि उहाँहरु फर्किनुहुन्छ। हामी क्षमा दिन्छाैं। यस्तो भइराख्छ।'

    लाखाैं करोडाैं जनताबाट बनेको संविधानलाई कुल्चिएर प्रधानमन्त्रीले रिस उठेको भरमा संसद् विघटन गरेको उनको भनाइ थियो। यस्तै हुन्छ भनेर आफूहरुले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको उनले बताए।  

    संविधानविपरीत भएको संसद विघटन सर्वोच्च अदालतले उल्ट्याइदिने उनले विश्वास दिलाए। भने, 'यति हल्का कुरा संविधानमा प्रस्टसँग लेखिएको छ, यो प्रावधान अदालले नबुझ्ने भन्ने हुँदैन।' अदालतप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले छिटोभन्दा छिटो संविधानको व्यवस्थाअनुसार सदनलाई सुचारु गर्ने आदेश आउनेमा आफू ढुक्क रहेको उनले बताए। 

    'यताउता ठोक्किँदै हामी महासागर पुग्छाैं। फिल्डमा मात्र जित्न बाँकी छ। केही महिनाभित्र फाइनल हुन्छ।'

    भिडियो :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]