काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
कुर्सीमै सबै क्रान्ति देख्ने महारोगले प्रचण्डलाई गाँजेको टिप्पणी
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्।
नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले एक वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिन आह्वान गरेका हुन्।
‘विगतमा आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने काम गरेको प्रचण्ड शान्ति प्रक्रिया पश्चात कुर्सीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको देखियो’ उनले भने, ‘प्रचण्डको सत्ता लोभको परिणामस्वरुप कम्युनिष्ट आन्दोलन धरासायी भएको तथा सिङ्गो मुलुक नै अस्तव्यस्त स्थितिमा पुगेको छ।’
असफल भईसकेको दुई अध्यक्ष प्रणाली पुनः प्रचण्ड र माधव नेपालले अंगिकार गरेर उनले बताए। ‘ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्नुको सट्टा राजालाई दाम चढाएको, दुई क्षेत्रबाट हारेर प्रधानमन्त्री भएको, महाधिवेशनबाट पराजित भएर अध्यक्ष बन्न नसकेको पदको लोभी माधव नेपाललाई अध्यक्ष बनाइनु देशको जनादेश विपरीत भएको र समग्र कम्यूनिष्ट आन्दोलनलाई लज्जित भएको छ’ उनले भने।
‘मार्क्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत नेकपामा निर्माण भएको दुई अध्यक्षीय प्रणाली व्यवहारतः समेत असफल भैसकेको स्थितिमा केवल आफ्नो पद र कुरीति मोहको लागि पार्टीभित्र निरन्तर जालझेल, धोकाधडी एवम् अराजकता मचाउदै पछिल्लो समय प्रचण्ड नेपाल समुहले पुनः एक पद दुई व्यक्तिको अव्यवहारिक, अवस्तुवादी एवम् अवैज्ञानिक सिद्धान्तमार्फत केही असक्षम, अवसरवादी र असफल प्रमाणित भैसकेको नेताहरुको झुण्डको सहाराले देशमा स्थिरता, सुशासन र विकासको परिकल्पना गर्नु गोरुले दुध दिन्छ भन्ने कुरामाथि विश्वास गर्नु बराबर हो’ उनले भनेका छन्।
आन्दोलन र युद्धका लागि पार्टी बनाउने र फोड्ने प्रचण्ड शान्ति प्रक्रिया पश्चात केवल कुर्सीमै सबै क्रान्ति देख्ने महारोगले ग्रसित भएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।