राजनीति

कांग्रेस ओलीको मतियार हुन सरकारमा जाँदैन : डा.कोइराला

पुस १३, २०७७

    विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस ओलीको मतियार हुन कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्।

    उनले बरु ओलीको पछिल्लो असंवैधानिक कदमका बारेमा सर्वोच्चले निर्वाचनमा जान आदेश गरेनिर्वाचनलाई सुनिश्चित गर्न कांग्रेस निरन्तर सडकमा उत्रने बताए।

    विराटनगरमा पार्टीले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गदै नेता कोइरालाले अहिलेको अबस्थामा कुनै दलको सारथि बनेर आलीको कदमको विरोधमा काग्रेसले सडक आन्दोलन गर्नको औचित्यसमेत नहुने धारणा राखे।

    ‘कांग्रेस ओलीको असंवैधानिक कदमको डटेर सामना गर्ने सामर्थ्य राख्न सक्छ’ कोइारालाले भने, ‘सडक सघर्षमा जाने कुरामा काग्रेस आफनौ खुट्टामा उभिनु आवश्य छ।’ ओलीको असंवैधानिक कदमलाई सडक संघर्षमार्फत कांग्रेसले संवैधानिक बनाउनेछ।’

    कांग्रेसले कम्युनिस्टलाई लामो समयदेखि लोकतान्त्रिक बनाउन प्रयास गरे पनि उनीहरुले निरंकुशता छाड्नै नसकेको दृष्टान्‍त ओलीको कदम भएको नेता कोइरालालको भनाइ थियो।

    कार्यक्रममा केन्द्रीय सदस्य डा. डिला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेस प्रदेश नम्बर–१ का प्रमुख सचेतक केदार कार्कीले,प्रदेश सांसद् चुमनारायण तबदारले ओलीको असंवैधानिक कदम स्वीकार नभएको बताएका थिए।

    नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ को आयोजनामा विराटनगरको वीरेन्द्र सभागृहबाट विरोध र्‍यालीसमेत निस्किएको थियो। कांग्रेसको विरोध र्‍याली नगरको मुख्यचौकको परिक्रमा गरी जनआन्दोलचौकमा गएर कोण सभामा परिणत भएको थियो।

    कांग्रेसको विरोध प्रदर्शनको कार्यक्रममा गाउँ–गाउँबाट आफ्ना कार्यकर्ता विराटनगरमा उतारेको छ।सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]