सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको मुद्दा लिएर प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा ओलीविरुद्ध आन्दोलन तीव्र पारेका छन्।
सोमबार प्रचण्ड-नेपाल समूहका अनेरास्ववियुका विद्यार्थीहरूले वाल्मिकी क्याम्पसमा ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेर ओलीको विरोध गरेको छ। विद्यार्थीहरूले ओलीको कदम प्रतिगामी असंवैधानिक रहेको भन्दै खारेजीको माग गरेका छन्।
क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री ओलीको कदमलाई व्यङ्ग्य गरेका थिए। ओलीले मूल्य र मान्यता, आचरण र विचार, जनजीविकाको अवमूल्यन गरेको भन्दै स्वाहा कार्यक्रमको आयोजना गरिएको प्रदर्शनकारीले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।