राजनीति

संसद विघटन गरेर प्रधानमन्त्रीले जनतामाथि कुठाराघात गरे : गगन थापा

पुस १३, २०७७

    नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनता र नेपालमाथि ठूलो विश्वासघात गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन्। 

    कांग्रेस क्षेत्रीय समितिले बाँकेको नेपालगन्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधनमा थापाले प्रधानमन्त्रीको कदमले नेपाली जनताको विकास, समृद्धि र स्थिरताको चाहनामाथि कुठाराघात भएको दाबी गरे। 

    संसद विघटनपछि संसदमा देश र जनताको पक्षमा आवाज उठाउने सांसदको अधिकार कटौती भएपछि सडकमै आएर जनताको आवाज उठाउनुपर्ने अवस्था आएको बताए।

    देश पुन: अस्थिरताको दिशातर्फ धकेलिएका कारण फेरि नेपाली जनता र नेपालको २०/२५ वर्ष खेर जाने अवस्था आएको उनको भनाइ थियो। 

    पार्टीभित्रको हिसाबकिताब मिलाउन नसकेर त्यसको भार नेपाल र नेपाली जनतालाई बोकाएर प्रधानमन्त्रीले स्वाभिमानी नेपाली जनतालाई विवेकलाई हेपेको उनको भनाइ थियो।

    'नेकपाको झगडा मिलाउन विदेशीहरु नेपाल आउनुपर्ने वातावरण सिर्जना हुनु नेपाल र नेपालीका लागि लज्जाको विषय हो,' उनले भने, 'प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमप्रति कांग्रेसले एकमतका साथ विरोध गर्छ।'

    केन्द्रदेखि वडासम्म पुगेर प्रधानमन्त्रीको कदमको विरोध गर्दै संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिने पनि उनले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]