फिचर : फोटो फिचर

ओलीविरुद्ध काठमाडाैंमा प्रचण्ड–नेपाल विद्यार्थीको राँके जुलुस (हेर्नुस् फोटोहरू)

पुस १३, २०७७

    काठमाडाैं : अनेरास्ववियू नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्षेत्रमा राँके जुलुस निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गरेको भन्दै त्यसको विरोधस्वरूप उनीहरुले राँके जुलुस निकालेका हुन्। 

    आजै दिउँसो यही समूहका विद्यार्थीले दिउँसो वाल्मिकी क्‍याम्पसमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेर प्रधानमन्त्री ओलीको कदमको विरोध गरेको थियो। विद्यार्थीहरूले ओलीको कदम प्रतिगामी असंवैधानिक रहेको भन्दै  खारेजीको माग गरेका थिए। 

    यसै क्रममा जुलुसमा सहभागी विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। झडपमा केही विद्यार्थी सामान्य घाइतेसमेत भएका छन्। एक जना विद्यार्थीको भने हातको औंलासमेत भाँचिएको छ। साथै काठमाडौंकै आरआर क्याम्पस, ताहाचल, अमृत साइन्स कलेज, पशुपति कलेजलगायत स्थानमा विद्यार्थीले ओलीको कदमविरुद्ध राँके जुलुस निकालेका छन्। 

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]