धादिङ : रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको ...
कपिलवस्तु : मध्यरातमा नदीजन्य पदार्थ चोरी गर्न गएका एक जनाको एक्जाभेटरसहित प्रहरीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिंगेले बुद्धभूमि नगरपालिका–३ टाँकु खोलाबाट वीरेन्द्र पल्लीको रा१क ४७१ नम्बरको एक्जाभेटर नियन्त्रणमा लिएको थियो। चोरी गर्दैगर्दा प्रहरी आएपछि चालक भागेका थिए।
चालक भागेपछि प्रहरीले बाहिरबाट चालक ल्याएर एक्जाभेटर नियन्त्रणमा लएको थियो। नदीजन्य पदार्थ ओसार्न प्रयोग भएका लु३त ५२९६, लु४त ९९४, लु३त २३३१ र लु३त ८०८८ नम्बरका ट्याक्टरलाई पनि प्रहरीले खोलाबाटै नियन्त्रणमा लिएको थियो।
नदी दोहन गरिरहेका चालक प्रहरी आउँदै गरेको सूचना पाएर भागेका गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।