खेलकुद

शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्नबाट चुक्यो लेस्टर सिटी

पुस १३, २०७७

    काठमाडाैं : क्रिस्टल प्यालेससँग बराबरी खेलेपछि शीर्ष स्थानको लिभरपुलसँग लेस्टर सिटीले अंक बराबरी गर्ने अवसर गुमाएको छ। सोमबार भएको खेलमा लेस्टर क्रिस्टल प्यालेसको घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो। 

    इंग्लिस प्रिमियर लिगअन्तगर्त पहिलो हाफमा दुवै टोलीबीच गोल भएको थिएन। तर दोस्रो हाफको १३ औं मिनेटमा क्रिस्टल प्यालेसले घरेलु मैदानमा अग्रता बनाएको थियो। उसका लागि विलफर्ड जाहाले गोल गरेका थिए। खेलभर एक पटक मात्र सुट अन टार्गेट गरेको लेस्टले माैका खेल फालेन। 

    तर लेस्टरका हार्भी बान्सले निर्धारित समयको ७ मिनेटअघि गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए। खेल अवधिभर ६७ प्रतिशत बल नियन्त्रण गरे पनि लेस्टरले अर्को गोल थप्न सकेन। 

    १६ खेलपछि लेस्टर २९ अंकका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानको लिभरपुल १४ खेलपछि ३२ अंकका साथ पहिलो स्थानमा छ। त्यस्तै क्रिस्टल भने एक अंक जोड्दै १३ औं स्थानमा उक्लिन सफल भएको छ।  पाँच जित र चार हार बेहोरेको उसको १९ अंक भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]