काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
काठमाडौं : बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ।
प्रदेश लोकसेवा कार्यालयले विज्ञापन प्रकाशित गर्दै एकै पटक खुला प्रतिस्पर्धाबाट ५ सय २८ कर्मचारी माग गरेको हो। जसअनुसार प्राविधिक तर्फ २ सय ४७ जनाको माग गरिएको छ।
यसै गरी अप्राविधिक समूहमा भने १ सय २८ जनाको आवेदन माग छ। त्यस्तै स्वास्थ्य सेवामा १ सय ५३ जनाको माग गरिएकाे छ। बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि आवेदन मागिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।