विश्व

साउदीकी अधिकारकर्मी लुजाइन अल हाथलुललाई ६ वर्ष जेल

पुस १४, २०७७

    काठमाडौं :  साउदी अरबकी चर्चित महिला अधिकारवादी कार्यकर्ता लुजाइन अल हाथलुललाई अदालतले झण्डै ६ वर्षको जेल सजाय सुनाएको छ। 

    अपराधसम्बन्धी अदालतले लुजाइनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाएको हो। अधिकारवादी महिला लुजाइनलाई रिहा गर्न निरन्तर परिरहेको अन्तर्राष्ट्रिय दबाबका बाबजुद यस्तो फैसला आएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। 

    अदालतले लुजाइनलाई परिवर्तनका लागि आन्दोलन गरेको, विदेशी एजेण्डा बोकेको तथा इन्टरनेटको गलत प्रयोग गरेको जस्ता विषयमा दोषी ठहर गरेको छ । अदालतको फैसलापछि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले गहिरो चिन्ता प्रकट गरेको छ। 

    परिषद्ले लुजाईनलाई यसअघि साढे दुई वर्षदेखि नजरबन्दमा राखिनु नै गलत भएको भन्दै थप सजाय तोकिएको प्रति चिन्ता व्यक्त गरेको हो। साढे दुई वर्षअघि एक दर्जन बढी महिला अधिकारकर्मीहरुसहित पक्राउ परेकी लुजाइनको रिहाईका लागि अन्तर्राष्ट्रिय अधिकारवादी संघ संस्थाहरुले साउदी अरबलाई दबाब दिँदै आएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]