एजेन्सी : बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र स...
काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेट भारतले जितेको छ। खेलको चौथो दिन अस्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले २ विकेट गुमाउँदै पूरा गरेको हो।
भारतका लागि शुभमन गीलले अविजित ३५ र कप्तान आजिख्य रहानेले अविजित १९ रन बनाए। त्यस्तै मयंक अग्रवाल ५ रन र चैतेश्वोर पुअजरा ३ रन बनाएर आउट भएका थिए।
यो सँगै भारतले ४ खेलको टेस्ट सिरीज १–१ ले बराबरी गरेको छ। यस अघिको पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १९५ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३२६ रन बनाउदै पहिलो इनिंगमा १३१ रनको अग्रता बनाएको थियो।
अस्ट्रेलिया दोस्रो इनिङमा २०० रनमा अल आउट भएपछि भारतले ७० रनको लक्ष्य पाएको थियो।
अब टेस्टको तेस्रो खेल जनवरी ७ देखि सिड्नीमा शुरु हुने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।