विराटनगर : दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ। राम नवमीको अवसरमा एउटा समूह...
काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेको प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाशसिंह शाहलले जनाकारी दिए।
शाहका अनुसार मन्त्रीलाई हटाउने संविधानको अधिकार प्रयोग गर्दै हटाएको बताए। मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन्। मन्त्री बाेहरा भने अहिले काठमाडौंमै भएकाे र आफूलाई जानकारी नभएकाे बताए।
बोहरालाई आज बिहान मुख्यमन्त्री भट्टले फोन गरेर र तपाई कुन पक्षमा भन्दै सोधेकाे र आफू ओली पक्षको नेता भएकाे उनले जवाफ दिएकाे बाेहराको भनाइ छ।सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड-नेपाल समूहको स्पष्ट बहुमत रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।