पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
काठमाडौं : उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही किसान नारायण रायको हृदयघातका कारण मृत्यु भएको छ।
सर्लाही किसान आन्दोलन सघर्ष समितिका संयोजक हरेश्याम यादवकाअनुसार उनको आज विहान उपचारका क्रममा शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालमा निधन भएको हो।
उनी चार दिन अघि मात्र आन्दोलनमा सहभागी हुन काठमाडौं आएको यादवले थाहाखबरमा जानकारी दिए। विगत १७ दिनदेखि आन्दोलन किसानलाई २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता भएपछि हिजो किसानले आन्दोलन स्थगित गरेका थिए।
उनले आन्दोलनको बीचमा उनले २ लाख रुपैयाँ पाएको र अब तीन लाख आउन बाँकी रहेको यादवको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।