समाज

प्रदेश १ मा सवारी दुर्घटना तीन जनाको मृत्यु

पुस १४, २०७७

    काठमाडाैं : प्रदेश १ मा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–२ हरियाली सामुदायिक वन क्षेत्रको सोमवार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे हाे ।  पूर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ च ९९४५ नम्बरको  स्कारपियोले बिपरित दिशा तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा मोटरसाईकलमा सवार मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय सन्तोष लिम्बु र २६ बर्षीय सुनिल धमलाको मृत्यु भएको हो । 

    त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–१० मा भएको दुर्घटनामा पिकअप भ्यानका चालकको मृत्यु भएको छ। आज राती १ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कंदै गरेका को २ च १५८२ का चालक, केराबारी गाऊँपालिका– ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई  ठक्कर दिएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]