राजनीति

ओलीजस्ता तानाशाहका कारण सडकमा आउन बाध्य भयौं : झलनाथ खनाल

पुस १४, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समुहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली जस्ता तानाशाहका कारण आफुहरु फेरि एक पटक सडकमा आउन बाध्य भएको बताए। 

    पुस ५ गते ओलीले जुन कदम चालेका छन् त्यसको विरोधमा अहिले काठमाडौंसहित देशभर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सडकमा आउनु आफूहरुको रहर नभई आवश्यकता भएको बताए।
     
    २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिलेसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए। गत निर्वाचनबाट बहुमत ल्याउने कम्युनिस्ट नै भएकाले बालुवाटारमा बस्ने गुट तानाशाही मात्र भएको टिप्पणी गरे। 

    काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिलेको बहुमत केपी ओलीको नभई पार्टीको कार्यक्रम र उद्देश्यका लागि आएको दाबी गरे।

    संविधान र लोकतन्त्रमाथि ओलीले गरेको हमलाको विरोधमा अहिले काठमाडौंको आकासमा संघर्षको विगुल फुकिसकिएको खनालले बताए। त्यसैगरी आधिकारिक पार्टी आफूहरुकै समूह भएको भन्दै चुनाव चिह्न सूर्य पनि आफूहरुकै भएको दाबी गरे। 

    त्यसैगरी देशलाई अग्रगतितर्फ लैजान ओलीमाथि जुन विश्वास गरेर प्रधानमन्त्रीको जिम्मेवारी दिइयो, बालुवाटारमा पुगेपछि पार्टी, पार्टीका नीति बिर्सेको आरोप पनि लगाए। उनले एकलौटी ढंगले तीन वर्ष काम गरेको नेता खनालको भनाइ छ। भाषण मात्र गरेर देश नचल्ने भन्दै उनले ओलीले गरेको घोषणाअनुसार सरकारले कुनै पनि काम गर्न नसकेको जिकिर गरे। 

    धरहरा र रानीपोखरी आफूले बनाएको भन्ने प्रधानमन्त्री ओलीलाई जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले रानीपोखरी कालिगढहरुले बनाएको बताए। भने, 'पार्टीले समाजवादतर्फ जाने काम गर्ने हो, तुइनमुक्त देश गर्ने हो तर त्यतातिर कुनै काम भएन, बरु देशलाई एकीकृत गर्ने काममा ओलीले बाधा सिर्जना गर्नुभयो।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]