राजनीति

‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे : अध्यक्ष प्रचण्ड

‘वैशाखमा चुनाव गर्नका लागि मिति तोकिएकै होइन, यो सबै झुट र छल मात्रै हो’

पुस १४, २०७७

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्।

    ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उनले बताए। 

    प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाए। ओलीले प्रतिनिधि सभालाई भंग गरेर आफू निरङ्कुश भएको कलंक को टीका लगाएको उनले बताए। प्रधानमन्त्री ओली झुट र छलका खेतीमा मात्रै केन्द्रित भएको उनले बताए। ओलीले वैशाखमा चुनाव गर्न नसक्ने र चुनाव गर्नकै लागि मिति नतोकिएको पनि बताए। 

    आज प्रचण्डले भृकुटीमण्डमा राखेको विचार जस्ताको तस्तै :

    जनताले मत दिएर अनुमोदन गरेका थियो। तीन बर्ष नपुग्दै त्यो दिन आउछ भन्ने सोचेको थिएन। पार्टी एकताको प्रस्ताव लिएर जाँदा यस्तो उहाँको प्रतिगमनकारी कदमको विरुद्धमा सडकमा आउनुपर्छ सोचेको थिएन। विरोध प्रदर्शनमा सबै विरोध प्रदर्शनमा उत्रेका छौँ।

    बागमती प्रदेश बाहेकका सबै जिल्लामा प्रदर्शन गरेका छौँ। हाम्रो सम्बोधन यहाँको लागि मात्रै नभएर देशभरका लागि सम्बोधन गरेका छौँ। नेपाली जनता र जनताको लागि मात्रै नभएर देश बाहिरका लागि पनि सम्बोधन गरेका छौँ। संविधान र लोकतन्त्रमाथि भएका प्रहारका विरुद्ध विश्वभरका सबैलाई अपिल गरेका छौँ। 

    लडाई हामी सबैको लडाई हो। झण्डै ७० बर्ष शसस्त्र शान्तिपूर्वक र जनआन्दोलन हुदै संविधान बनाउन विधि मार्फत निर्माण गरेको थियौँ। संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापना गरेका थियौँ। हजारौँ नेपालीको रगत समेत बगाएको रगतको परिणाम हो। पार्टी एकताको घोषण गरेपछि पार्टी एकता भएपछि राजनितिक स्थायित्व प्रारम्भ हुनेछ समाजवादको आधार तयार गर्ने जनताको भरोसा थियो। नेपाली जनताको अगाडि उभिएर हामी र पार्टीले बताएको संविधानको संद्धीय लोकतन्त्र गणतन्त्रमाथिको प्रहार हो। 

    मैले नै हो पार्टी एकतको प्रस्ताव लिएर गएको हुँ। गणतन्त्रको पक्षमा ओली हुनुहुन्थ्यो। उहाँ गणतन्त्रको पक्षमा नभएर बयलगाडाबाल सिद्धान्तमा हुनुहुथ्यो।संघीयता र धर्म निरपेक्षको विरोध भयो। उहाँले मैले मानिदिनुभयो भन्ने कुरा गनुभयो मैले पनि मान्नुभयो। उहाँ बयलगाडामै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता विरोधि नै हुनुहुन्छ। उहाँ प्रतिगनमाकारी आन्दोलनका लागि फेरि आग्रह गर्न पर्दा क्षमायाचन गर्न चाहान्छु। यस बिषयमा सबैले आआफ्नो कुरा राखिसक्नुभएको छ। ओली कम्युनिस्ट आर्दश, विधि र विचारमा पनि स्खलित भइसकेका छन्। उहाँको लोकतन्त्र कति निरंकुश हुनुहुन्छ। 

    उहाँले देशलाई भड्खालोृमा हाल्नुभयो। ओलीले सिफारिस गरेको संविधानको मर्म र भावना विपरित छ, संविधानमा नभइएका प्रस्ताव गर्नुभएको छ। गलत छ। सदन भएको छैन। मान्य सदस्य हामी सबै जिउदौ छौँ। संसद भंग भएको उहाँको सरकार हो। उहाँले कलंकको टिका लगाउनुभयो। उहाँले आफ्नो गल्ति नसच्चाए उहाँले जनताबाट क्षमा पाउनेवाला छैनन। 

    काठमाडौँसहित देशका सबै नागरिक समाज प्रधान्याधिसहरुको प्रतिभाशालीहरु न्यायाधिसहरु नागारिक समाधाजहरु सिंगो देश प्रतिगमनकारी कदम भएको ठहर गरिरहेका छन्। देशभरको जनताले भनेको छ। म भरोसा गर्न चाहान्छु। सर्वोच्च अदालतलाई सम्मान गर्छ्। उहाँसँग भरोसा छ। अदालतले संविधानविपरित काम गर्छ भन्ने सोच्नु पनि सक्दिन। सब असहज पस्थितिछ भने जनताको प्रदर्शन जनताले गरेको सहजिकरणको रुपमा बुझ्न आग्रह गर्न चाहान्छु। आन्दोलनको सुरुवात मात्रै हो। ०४६ सालको जनआन्दोलनको तयारी गराउदा मदन भण्डारीले भन्नुभएको थियो यो आन्दोलनको टेलर मात्रै हो, भन्नुभएको थियो संविधानमाथिको प्रहार सच्चाउने कोसिस भएन भने भोलि आधि हुरि आउछ। 

    नेपाली जनता जागिसकेका छन्, प्रतिगनका विरुद्ध सबैले खबरदरी गरिरहेका छन्। जनता झकिन्छन् भन्ने छाड्ने छैन। र, राजतन्त्र फाल्न सक्ने जनताले यस्तालाई सजिलै फाल्न सक्नेले यस्ता प्रतिगमनकारिलाई सहजै फाल्छन्। सबैलाई आज अचानका भइएको मात्रै होइन। ओलीले एक एक सालदेखि पार्टी विभाजन गर्न खोज्नुभएको हो। एकताको बेलामा बनाएको प्रतिनिधि सभाको भंग गर्नुभयो। विधानमा बस्नुभएन। पार्टीको बैठकअनुसार मानुभएन। बैठक भनेपछि उहाँको सात्तो जाने कुरा गर्न थाले उठेर हिड्ने। सचिवालयमा उहाँको कुरा सुने तर मैले बोल्न खोज्दा रोक्नुभयो।

    उहाँले पोहोर बैशाखमा हामीसँगको संघर्षम चल्दै गर्दा अध्यादेश ल्याउनभयो आफ्नो र अरु पार्टी फुटाउन ल्याउनुभएको थियो। बहुमतले दबाव दिएपछि अध्यादेश खारेज गरियो। अरुको पार्टी फुटाएर जवरजस्त हस्ताक्षर गराउनका लागि महोत्तरीबाट रातारात मान्छे ल्याएर ल्याउनुभयो। जनता कोरोना महामारीको बेलामा सबैले आआ्नो जिम्मेवारी गर्न सक्नुपर्छ। लकडाउनमा जनताको राहात र कोरोनाविरुद्ध नभएर पार्टी फुटाउन केन्द्रीत हुनुभयो। उहाँको कुरुर र निर्मम भावना देखियो। पार्टी फुटाउने मनसायले पार्टी बैठक चलिहरुको बेलमा आफ्नै निर्देशनमा नेकपा एमाले दर्ता गर्न पठाउनभुयो। पार्टी फुटाउने उहाँको कडि थियो। 

    मैले संसद भंग गर्ने बिहान साढे ५ बजे सुचना पाए। उहाँ निकट र आफू निकटका नेताहरुसँग छलफल गरिरहेको बेलामा मन्त्रिपरिषद्को बैठक राखेर संसद भंग गरेर राष्टपतिबाट सिफारिस गर्न लगाउनुभयो। हामीले ७० बर्षदेखि दिएको दुई जनाले हत्या गर्न मिल्छरु कदपी मिल्दैन। सार्वजनिक अधिकार अपहरणम गरेको हेरेर बस्न सक्दैनौँ। 

    पार्टीको निर्वाचनज आयोगमा आयोगमा छ। हामीसँग ७० प्रतिशत भन्दा धेरै साथ हामीसँग छ। निर्वाचन आयोगलाई नै पुगेर देखायौँ। हामीले निर्वाचन आयोगलाई भरोसा देखेका छौँ। प्रतिगमनकारी मान्छेहरु जाल झेलको कुरा गरिराख्छन् राती राती हामी दिउँसै जनताको साथमा छौँ। पार्टीको वैधानिकता र सुर्य चिह्नमा आफ्नो भन्ने घाम जस्तै छ। व्यक्तिले १२ सय केन्द्रीय सदस्य भन्दैमा केही हुदैन। सनकको निर्णय मान्य हुदैन। अदालतलाई सम्मानबाहेक केही गर्न मिल्दैन। र, गर्दैनौँ पनि। हाम्रो अन्तिम भरोषा जनता नै हो। धेरै दिन लाग्दैन अब। धेरैलाई कम्युनिस्ट विभाजित भयो अव हामी चुनाज जित्छौँ भन्ने कुरा होइन। चुनाव हुन्छ भन्ने ओृलीलाई पनि विश्वास छैन। हुने चुनाव नै होइन। 

    ओली कसैको गोटी भएका हुन्। बैशाखपछि उनी पत्तासाफ हुन्छ। उनले आफै श्री ३ महाराज हुन्छु भन्नु कहाँसम्मको कुरा हो। पार्टी फुटिहाल्यो अब लोकतन्त्रमाथि भएको यत्रो घात भयो। संविधान धरापमा जान्छ। बैशाखमा चुनाव हुदैन। ओलीको कदमविरुद्ध सबैको एकजुट भएर जनाको भविष्यको लागि सबैसँग सहकार्य गर्न आपिल गर्न चाहान्छु।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]