समाज

लकडाउनलाई बहाना बनाउँदै पानी प्रशोधन केन्द्र निर्माणमा ढिलाई

संरचना बनेपछि दैनिक १३ करोड लिटर फोहोर पानी प्रशोधन हुने

पुस १५, २०७७

    काठमाडौं : लकडाउनलाई कारण देखाउँदै उपत्यकाका विभिन्न ठाउँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पारिएको छ।

    पहिलो चरणमा दैनिक १३ करोड ८१ लाख फोहोर पानी निष्कासन गर्नेगरी प्रशोधन केन्द्र निर्माण थालिएको थियो। बालकुमारी, सल्लाघारी र धोबीघाटमा फोहोर पानी प्रशोधन केन्द्र समयमै नबन्ने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले जनाएको छ। समय अपुग हुने भन्दै निर्माण कम्पनीले समय थप्न माग गरिरहेको आयोजनाले बताएको छ।

    कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले बनाउन नसकेका हुन्। तर सरकारले महामारीबीच पनि विकास निर्माणमा सहजीकरण गरेको थियो। देशका अधिकांश आयोजनाको निर्माणकार्य लकडाउन अवधिमा पनि रोकिएको थिएन।

    ती स्थानमा सफवन र सिजीओसी अटल कम्पनीले पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। दुई वर्षभित्र प्रशोधन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो। 

    कोड्कु बालकुमारी प्रशोधन केन्द्रबाट १ करोड ७५ लाख लिटर पानी प्रशोधन हुने भएको छ। त्यहाँ ललितपुरको उत्तर-पूर्वी क्षेत्र तथा भक्तपुर पश्चिमका केही क्षेत्रका फोहोर पानी संकलन र प्रशोधन हुनेछ।

    ३० किमीमा पाइप बिछ्याइयो

    भक्तपुर सल्लाघारी प्रशोधन केन्द्रबाट १ करोड ४२ लाख लिटर पानी प्रशोधन हुने बताइएको छ।

    भक्तपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको आंशिक क्षेत्रका फोहोर पानी प्रशोधन केन्द्रमा पठाइने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाका प्रोजेक्ट इन्जिनियर किशोर पन्थीले पन्थीले जानकारी दिए।

    हाल हनुमन्ते,मनोहरा तथा खस्याङखुसुङ खोलासम्म ढलका ४५ किलोमिटर पाइप बिछ्याउनुपर्नेमा ३० किलोमिटर मात्र बिछ्याइएको उनले बताए।

    धोबीघाटको दुई वटा प्रशोधन केन्द्रबाट दैनिक ७ करोड ४० लाख लिटर पानी प्रशोधन हुनेगरी आयोजनाले काम अगाडि बढाएको पन्थीले जानकारी दिए।

    प्रशोधित पानी नदीमा हालेपछि जलचर बाँच्नसक्ने

    गुह्येश्वरीस्थित प्रशोधन केन्द्र भने निर्माण सम्पन्न भइसकेको छ। ३ करोड २४ लाख लिटर क्षमता भएको प्रशोधन केन्द्रबाट दैनिक २ करोड लिटर फोहोर पानी प्रशोधन गरी बागमतीमा बग्न थालिसकेको छ। गुह्येश्वरीभन्दा माथिल्लो क्षेत्रका साढे ४ लाख मानिसले प्रत्यक्ष लाभ उठाइरहेको उनले बताए।

    गुह्येश्वरी प्रशोधन केन्द्रबाट असोज २७ गतेदेखि फोहोर पानी प्रशोधन गरी बागमतीमा बगाउन थालिएको पन्थीले जानकारीले दिए। उनका अनुसार प्रशोधन केन्द्रबाट गएको १ वर्षदेखि पानी पठाउने गरिएको थियो। प्रशोधन केन्द्रमा गोकर्ण, गोठाटार, जोरपाटी, नारायण टार, बौद्ध र चावहिल क्षेत्रबाट फोहोर पानी आउने गर्छ।

    पूर्ण रुपमा किटाणु नष्ट गरेर बागमतीमा पानी पठाइएको छ। प्रशोधन गरी पानी पठाइएका कारण अब बागमतीमा जलचर प्राणी बाँच्न सक्ने दावी गरिएको छ। प्रशोधन गरिएको पानी अक्सिजनसहित पठाइने गरेकोले पनि प्राणी जीवित रहनसक्ने पन्थीले बताए।

    प्रशोधन गरिएको पानी नुहाइधुवाइमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ। अहिले बगिरहेको पानीले नुहाउँदा मानव शरीरमा त्यस्तो कुनै असर नगर्ने उनले बताए।

    गुह्येश्वरी प्रशोधन केन्द्रबाट विद्युत उत्पादन शुरू

    गुह्येश्वरी प्रशोधन केन्द्र १० वर्षमा निर्माण भएको हो। भिएटेक वाभाग कम्पनीले १० वर्षसम्म सञ्चालन गरेको यो केन्द्र आयोजनालाई हस्तान्तरण गर्दैछ। पन्थीका अनुसार २ अर्ब ५२ करोड रुपैयाँ लागतमा प्रशोधन केन्द्र निर्माण भएको हो।

    प्रशोधन केन्द्रको फोहोर पानीबाट विद्युत उत्पादन हुन थालिसकेको छ। विद्युत उत्पादनको सम्पूर्ण मेसिन जडान भइसकेको पन्थीले बताए। ‘विद्युत उत्पादन हुन थालेपछि राष्ट्रिय लाइनको विद्युत कम मात्रामा खपत भइरहेको छ,’ उनले भने, ‘प्रशोधन केन्द्रबाट उत्पादित विद्युत प्रशोधन केन्द्रमा खपत भइरहेको छ।’

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]