काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन्।
गुरुङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताएका हुन्।
‘गुरूङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'
त्यस्तै, उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको बताए। सबै समुदायहरूमा यी उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न उनले आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।