राजनीति

चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जना पक्राउ

पुस १५, २०७७

    काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।  नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोधमा उत्रिएका नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का १७ नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो।

    सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटन लगायतका राजनीतिक घटना बढिरहेको बेला नेकपा मिलाउन चिनियाँ टोली नेपाल आएर नेकपा मिलाउन कस्सिएको छ।

    प्रदर्शनमा उत्रिएकाहरुले चीन विरोधी नारा लगाएका थिए। प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]